

यी लक्षण देखिए सोच्नुस् कलेजोमा गडबढी छ





हाम्रो कलेजो हाम्रो शरीरका लागि निकै महत्वपूर्ण अंग हो । त्यसैले यसको स्वास्थ्यबारे हामी निकै सचेत हुनुपर्छ । तल दिइएका सात लक्षण देखिए कलेजोबारे समयमा नै सचेत हुनुपर्छः
चिलाइरहने छाला
हाम्रो छाला अत्यधिक चिलायो भने हामीले बुझ्नु पर्छ, कलेजोमा समस्या भएको हुनसक्छ । किनकि हाम्रो रगतमा कलेजो बिग्रिएर बाइल जम्मा भएमा हामीलाई अत्यधिक चिलाउँछ ।
छालामा विमिरा
छालामा ससाना फोका देखिएका छन् भने त्यसको कारक हुनसक्छ ओइस्ट्रोजेन हर्मोन । कलेजोले राम्रोसँग काम गरिरहेको छैन र हाम्रो मेटाबोलिजम कमजोर भएको छ भने यस्तो हुनसक्छ ।
रातो डोब देखिनु
हाम्रो छालामा कहिलेकांही देखिएको त हो भने राता डोबहरुलाई हामी बेवास्ता गर्न सक्छौँ । तर, कुनै चोट नलागी छालाबाट रगत बगेको छ भने वा राता दागहरु अत्यधिक देखिएका छन् भने हाम्रो कलेजोले राम्रोसँग काम गरेको छैन भन्ने हामीले बुझ्नु पर्छ ।
नमीठो सास
कहिलेकांही हामीले के खाएका छौँ भन्ने कुराले पनि हाम्रो सास कस्तो छ भन्ने निर्धारण गर्छ । तर, लामो समय नराम्रो सास आउनुको कारण चाहिँ कलेजोले राम्रोसँग काम नगर्नु हो । कलेजो यसरी बिग्रनुलाई मेडिकल भाषामा फेटर हेपाटिकस पनि भनिन्छ ।
अत्यधिक रातो हत्केला
हाम्रो रगतमा हर्मोनको स्तर मिलेन भने हाम्रो हत्केला अत्यन्त रातो देखिन सक्छ, रगत नै चुहिन लागेको जस्तो । यो पनि हाम्रो कलेजो अस्वस्थ भएको हुनसक्ने लक्षण हो ।
काममा कन्सन्ट्रेट हुन नसक्नु
काम गर्न सकिरहनु भएको छैन र तपाईंलाई लागेको छ कि फेसबुक, भिडियो र अरु कुराले डिस्टर्ब गरेको छ ? यस्तो पनि हुनसक्छ । तर, कलेजोले राम्रोसँग काम नगर्दा हाम्रो रगतमा विभिन्न हानीकारक कणहरु हुन्छन् जसले हामीलाई काममा एकोहोरो बनाउन सक्दैन । यस्तो हुँदा पनि कलेजो परीक्षण गरेको राम्रो हुने चिकित्सकहरु सुझाव दिन्छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया