

टी–ट्वान्टी विश्वकप : श्रीलंकाको विजयी सुरुवात

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलमा श्रीलंकाले विजयी सुरुआत गरेको छ।सोमबार राति आबुधाबीमा सम्पन्न खेलमा नामिबियालाई ७ विकेटले हराउँदै श्रीलंकाले सुखद् सुरुआत गरेको हो ।
नामिबियाले दिएको ६७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित ४२ तथा अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए।त्यस्तै, कुशल परेराले ११ जोड्दा दिनेश चण्डिमाल ५ तथा पाथुम निसान्कासमान ५/५ रनमा आउट भए।नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले समान एक/एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया १९ ओभर ३ बलमा ९६ रन बनाएर अलआउट भएको थियो। नामिबियाका लागि क्रेग विलियम्सले २९ रन जोड्दा गेर्हार्ड एरास्मुसले २० रन बनाए। त्यसैगरी जेजे स्मिथले अविजित १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नामिबियालाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्शानाले ३ तथा लाहिरु कुमारा र वाविन्दु हसरंगाले समान २÷२ विकेट लिए। त्यस्तै, चामिका करुनारत्ने र दुश्मन्था चामिराले १/१ विकेट लिए।
विश्वकपको पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया