

आन्दोलनमा उत्रिए नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । पहिलेदेखिको अस्पताल व्यवस्थापनले माग पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
तलव वृद्धि, पोषाक, नास्ता, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा आजदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन समितिका संयोजक यम बहादुर खड्काले जानकारी दिनुभयो
।
आन्दोलनबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकारसम्मेलनमा संयोजक खड्काले माग सम्वोधन नभए मंगलवार प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरिने बताउनुभयो ।
यस्तै बुधवार आपतकालिन सेवा बाहेकका कार्यहरु बन्द गरिने पनि उहाँले सोमवार पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । पहिलेदेखि हाम्रो मागको वास्ता नगरि अस्पताल व्यवस्थापन समितिले आफु खुसी गर्दै आएको प्रति आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन केन्द्रिय कमिटीका सह संयोजक कुस्माखर बस्यालले बताउनुभयो । अस्पताल व्यवस्थापनले कोरोना जोखिम भत्ता र दशैंमा समेत तलब नखुवाएको प्रति हाम्रो गम्भिर आपत्ति रहेको सह संयोजक बस्यालले बताउनुभयो ।
बारम्बार बार्ता बस्दा पनि कर्मचारीको माग प्रति सुनवाई नगर्नुको कारण आन्दोलन गर्न बाध्य भएको उहाँले बताउनुभयो । दशैंमा समेत प्रोत्साहन भत्ताको समेत दिनुको सातो तलब समेत नदिनु हामीलाई हेपहा प्रबृत्ति देखाएको अर्का सह संयोजक मुनिर खाँले बताउनुभयो ।
अस्पताल ब्यवस्थापन समितिले आफुले रजाई गर्ने तर कर्मचारीलाई वास्ता नगर्नु र सौतेलापन व्यवहार देखाउने भएको कारण हाम्रो माग पुरा नभएसम्म आन्दोलन चर्काउने उहाँले बताउनुभयो । अस्पतालमा दैनिक २० देखि २५ लाखको कारोवार हुदा पनि ११ सय कर्मचारीलाई ३ करोड बराबर तलब नियमित खुवाउन नसक्नु चलखेल रहेको बुझिएको सह संयोजक खाँले बताउनुभयो ।
उनिहरुले तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग राखेका छन् ।
व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । मेडिकल कलेजका निर्देशक डा सुरेश कनोडियाले कर्मचारीका माग जायज भएपनि तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।
यो समाचार भगतराम थारुले न्यूज२४नेपालमा लेखेका छन् ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया