

कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो पटक सङ्क्रमण दर चार प्रतिशतमा झर्याे


काठमाण्डाै
नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण दर चार प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ७७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव ८४ प्रतिशत अर्थात् तीन सय ९१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको आज आइतवार पहिलो पटक हो ।
आज थपिएका तीन सय ९१ जनासहित नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९८ हजार तीन सय ९९ पुगेको छ ।
यस्तै थप ६ सय ८० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८१ हजार चार सय ५६ पुगेको छ ।
२४ घण्टामा थप ६ सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ८४ पुगेको छ ।
अहिले १२ हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ९९ जनाको आईसीयू र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया