

बाँके खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुग्छ : मन्त्री गहतराज


बाँके ।
बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । प्राप्त यो अवसरलाई मैले पुर्ण रुपमा इमानदारीताका साथ लागेर जिम्मेवारी निभाउने छुु ।
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्याउने बताएका छन ।
आइतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले संयुक्त रुपमा नवनियुक्त मन्त्रीलाई गरेको सम्मान तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन ।
बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । प्राप्त यो अवसरलाई मैले पुर्ण रुपमा इमानदारीताका साथ लागेर जिम्मेवारी निभाउने छुु । मन्त्री अथकले भने ुयुवा लगायत खेलकुद क्षेत्रका समस्याहरूलाई समाधान गर्न लागि पर्नेछु । कसरी हुन्छ साथिभाई र खेलकुद क्षेत्रका विज्ञको सल्लाह सुझाव अनुसार यो जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्याउने छु ।
उनले युवालाई स्वरोजगार बनाउने, खेलकुद क्षेत्रलाई टेवा पुर्याउने तथा स्काउट लगायतलाई चलायमान र क्रियाशिल बनाउने कार्यकालागि नितिगत र कानुनी रुपमा रही गर्न सक्ने जस्तो सुकै काम पनि आफुले गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री दशैको अवसर पारेर जिल्ला आएका थिए । जिल्ला बसाईका क्रममा उनले आफ्नो क्षेत्रका मतदाता, पार्टीका नेता कार्यकर्ता, खेलाडी, खेलकुद क्षेत्रका विज्ञ व्यक्ति लगायतसङ्ग भेटघाट गरेका थिए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया