

विश्वभर २१ करोड ८० लाख संक्रमित निको, ४९ लाखको मृत्यु


काठमाडौँ
विश्वभर अहिलेसम्म २१ करोड ८० लाखभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् ।
पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २१ करोड ८० लाख ५७ हजार १७ पुगेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ३४३ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या २४ करोड ८ लाख २ हजार ९८३ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ४१ हजार ८७० छ । यसमध्ये ७९ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
४९ लाखभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टामा ६ हजार ९५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४९ लाख ४ हजार ९६ पुगेको छ ।
खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।
बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ९२ हजार ९६६ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ७०५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ७ लाख ४३ हजार ८८० जनाको मृत्यु भइसकेको छ ।
यसैगरी ब्राजिलमा ६ लाख २ हजार ७२७ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत १८ हजार संक्रमित देखिन थालेका छन् । भारतमा शनिबा बिहानसम्म ४ लाख ५२ हजार १० संक्रमितको मृत्यु भएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया