अर्जेन्टिनाको जितमा मार्टिनेजको गोल

काठमाडौं

लाउटरो मार्टिनेजको निर्णायक गोलमा अर्जेन्टिनाले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।

निकै रोमाञ्चक बनेको खेलको ४३ औँ मिनेटमा मार्टिनेजले गोल गरे । उनको गोल नै अर्जेन्टिनाका लागि जित निकाल्न प्रयाप्त बन्यो ।

जितसँगै अर्जेन्टिनाले ११ खेलबाट २५ अङ्क जोडेको छ । अर्जेन्टिना छनोटको दोस्रो स्थानमा छ ।

पेरु ११ अङ्क जोडेर नवौँ स्थानमा छ ।

प्रतिक्रिया

खबर सबै