

कोरोना भाइरसको उत्पतिबारे थाहा पाउने अन्तिम मौका हुन सक्छ नयाँ अध्ययन समूह : डब्लुएचओ





काठमाण्डौँ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गठन गरिएको नयाँ टास्कफोर्स कोरोना भाइरसको उत्पति र उत्पतिको प्रकृतिबारे थाहा पाउने अन्तिम मौका हुन सक्ने बताएको छ।
डब्लुएचओले नोवल पाथोजेन्स (सागो) को उत्पतिबारे खोजी प्रयासका लागि सहयोग गर्न २६ जना विशेषज्ञहरुको मनोनयन गरेको छ।
चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको डेढवर्ष भन्दा लामो समय भइसक्दा पनि उत्पतिबारे यकिन जानकारी हुन सकेको छैन।
नयाँ टास्कफोर्सले भाइरस चीनको वुहान शहरमा मासुबजारबाट मानिसमा सर्यो वा प्रयोगशालामा भएको दुर्घटनाबाट मानिसमा फैलिएको हो भन्नेबारे खोजी गर्ने छ।
चीनले प्रयोगशालाबाट भाइरस चुहावट भएको भन्ने सिद्धान्त खारेज गर्दै आएको छ।
गएको फेब्रुअरीमा डब्लुएचओको टोलीले वुहानमा अनुसन्धान गरेपछि भाइरस चमेराबाट आएको हुन सक्ने बताएको थियो, तर थप अनुसन्धानको खाँचो रहेको उल्लेख गरेको थियो।
तर डब्लुएचओका प्रमुखले चीनले आवश्यक तथ्यांकहरु नदिँदा तथा पारदर्शिताको अभावका कारण अनुसन्धान प्रभावित भएको बताएका थिए ।
अहिले घोषणा गरिएको सागो समूहमा यसअघि अनुसन्धानका लागि चीन गएका टोलीमा रहेका ६ जना पनि छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया