

यी हुन् स्तनपान सम्बन्धी १० रोचक तथ्य

- शिशु जन्मेको ३० देखी ६० मिनेटको अवधीमा सबैभन्दा बढी सक्रिय रहन्छ । त्यस बेला शिशुमा चुस्नेको शक्ति सबैभन्दा बढी हुन्छ ।
- जन्मे देखि ३ दिनसम्मको शिशुको पेट निकै सानो हुन्छ । सो अवधीको शिशुको पेटमा ५ देखी ७ एमएल मात्रै दुध अट्छ । त्यति दुध भएपुग्छ ।
- नवजात शिशुको शरीर दिनहुँ बढ्दै जान्छ । त्यसैले ३ देखी १० दिन बीचको शिशुको पेटमा २२ देखी २७ एमएल दुध अट्छ । र त्यति मात्रामा स्तनपान गराए पुग्छ ।
- १० दिनको शिशुको पेट केही ठूलो भइसकेको हुन्छ । त्यसैले उसको पेटमा ६० देखि ८१ एमएलसम्म दुध अटछ् । आमाहरुले सोही अनुसार स्तनपान गराउनुपर्छ ।
- एक पटक स्तनपान गराउँदा १५ देखी २० मिनेट समय दिनुपर्छ । सो अवधीमा पर्याप्त दुध पाएको शिशु अघाइसकेको हुन्छ र विस्तारै चुस्न समेत छोड्छ ।
- शिशुले दुध चुस्दा आमाको स्तनबाट सुरुमा पातलो दुध निस्कन्छ । जसले तिर्खा मेट्ने काम गर्छ । विस्तारै बाक्लो दुध आउन थाल्छ र त्यसले भोक मेटने काम गर्छ ।
- नवजात शिशुलाई सकेसम्म दुई दुई घण्टामा दुध खुवाउनु राम्रो मानिन्छ । नत्र तीन घण्टाको फरकमा त खुवाउनै पर्छ । रातीको समयमा पनि आमाहरुले दुई तीन घण्टाको फरकमा बच्चालाई दुध चुसाउनुपर्छ ।
- छिटो स्तनपान गराउँदा यसको सफलतादर बढी हुन्छ । सुरुमा स्तनबाट निस्कने बेगुती दुध( पहेलो रङ)को जसलाई कोलोस्ट्रम भनिन्छ , यसको सेवनले शिशुलाई संक्रमण हुनबाट बचाउछ । त्यस्तै रोग प्रतिरोध क्षमता बढाउन पनि मद्धत गर्छ ।
- स्तनपान तत्काल सुरु गर्दा शिशुलाई मात्रै होइन आमालाई पनि फाइदा हुन्छ । सुत्केरी हुँदा हुनसक्ने अधिक रक्तश्राव तथा स्तन सुन्निन सक्ने सम्भावना कम हुन्छ । त्यसैले पनि सकेसम्म छिटो अर्थात एक घण्टा भित्र नै स्तनपान गराउन राम्रो मानिन्छ ।
- आफ्नो सन्तानलाई जन्मेदेखि कम्तीमा छ महिनासम्म एक्सक्लुसिभ ब्रेस फिडिङ अर्थात आमाको दुध मात्रै खुवाउनु पर्छ । किनकी आमाको दुध शिशुको लागि सुपाच्य हुन्छ जसले पेटमा हुनसक्ने गडबडी समेत रोक्छ । आमाको दुधले बच्चाको रोग प्रतिरोधी समस्या समेत बढाउछ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया