

पहिलो पटक टी–२० विश्व कपमा ‘डीआरएस’ को प्रयोग हुने

काठमाण्डौ
आईसीसी पुरुष टी–२० विश्व कप प्रतियोगितामा पहिलो पटक निर्णय समीक्षा प्रणाली (डीआरएस) को प्रयोग हुने भएको छ । आईसीसीको बोर्ड बैठकले डीआरएस प्रयोग हुने घोषणा गरेको क्रिकइन्फो वेबसाइटले जनाएको छ ।
अक्टोबर १७ अर्थात् आउँदो आइतवारदेखि यूएई र ओमानमा हुने टी–२० विश्व कपका हरेक टिमले एउटा खेलमा दुई वटा डीआरएस लिन पाउनेछन् । कोरोना महामारीका कारण कम अनुभवी अम्पायरले पनि खेल खेलाउन सक्ने सम्भावनालाई मध्यनजर गरेर डीआरएस प्रणाली प्रयोगमा ल्याइएको आईसीसीले जनाएको छ ।
यस्तै आईसीसीले ढिलो र वर्षाले स्थगित हुने खेलका लागि ओभरको न्यूनतम सङ्ख्या बढाउने निर्णय गरेको छ । टी–२० विश्व कपको समूह चरणमा हरेक टोलीले न्यूनतम पाँच ओभरको ब्याटिङ गरेमा नतिजा डकवर्थ लुइस (डीएलएस) प्रणालिबाट तय गरिनेछ । तर सेमिफाइनल र फाइनलमा डीएलएसका लागि हरेक टोलीले कम्तीमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया