

टी-२० विश्वकप विजेताले नगद १६ लाख डलर पुरस्कार पाउने





काठमाडौं
यही अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अर्थात १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार टी२० विश्वकपको पुरस्कार राशी घोषणा गर्दै विजेताले १६ लाख डलर पाउने जनाएको हो ।
कूल ५.६ मिलियन अर्थात ५६ लाख अमेरिकी डलर पुरस्कार रहेकोमा उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् ।
यसैगरी सेमिफाइनल पुग्ने दुई टोलीले समान ४ लाख अमेरिकी डलर पाउने छन् ।

यस्तै पहिलो चरणमा एक खेल जित्नेमा नगद ४० हजार अमेरिकी डलर पाउनेछन् । दोस्रो चर्ण अर्थात सुपर १२ मा एक खेल जित्दा ४० हजार अमेरिकी डलर प्राप्त हुनेछ । सुपर १२ बाट बाहिरिने टिमले ७० हजार डलर पाउनेछन् ।
आईसीसी टी२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
कूल १६ टोलीको सहभागिता रहेने टी२० विश्वकपमा पहिलो चरणमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष चार दोस्रो दोस्रो चरण अर्थात सुपर १२ मा प्रवेश गर्नेछ । सुपर १२ पछि शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन् ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया