
नेप्से साढे १८ अङ्कले घट्यो, चार अर्ब ४९ कराेड रुपैयाँको कारोबार

काठमाण्डाै
हप्ताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १८ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा झरेको छ ।
आज फाइनान्स, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । उत्पादन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागको छ ।
आज शिवम् सिमेन्ट, माउन्टेन हाइड्रो नेपाल र रिडी हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज दुई सय २० वटा कम्पनीका ७२ लाख ५१ हजार कित्ता शेयर चार अर्ब ४९ करोड ८० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महिला लघुवित्त र जीवन विकास लघुवित्तको १८ करोड रुपैयाँभन्दा धेरैका दरले शेयर खरिद बिक्री भएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया