

प्रदेश सरकारले कृषिमैत्री बजेटको व्यवस्था गरेको छ : मन्त्री रायमाझी



रुपन्देही ।
लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको दाबी गरेकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताइन् ।
उनले विगतमा भएका ठुला–ठुला अनुदानका कार्यक्रमहरु हटाएर वास्तविक किसानले लाभ लिन सक्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले कोरोना महामारीपछि विदेशमा भएका युवाहरुले स्वदेशमै लगानी गर्न चाहेको बताउँदै उनीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
उनले किसानलाई व्यवसायीकरण गर्नका लागि बजारीकरणको विशेष नीति ल्याउनुपर्ने समेत बताइन् ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया