‘देश र जनता लुट्न गठबन्धन सरकार बन्योःमहेश बस्नेत

बुटवल । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अहिलेका गठबन्धन सरकार देश र जनता लुट्न बनेको आरोप लगाएका छन् । शुक्रबार रुपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपालको शुद्धोधन गाउँपालिका स्तरीय दोस्रो युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले अपवित्र रुपमा खडा भएको गठबन्धन सरकारले जनतालाई असन्तुष्टि र असफलता मात्र प्रवाह गरिरहेको आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकार सरकार लामो समयसम्म नटिक्ने बताए । उनले भोटका लागी झूटा आश्वासन दिने, मतदाताहरुलाई विभिन्न प्रलोभनमा पार्ने तर चुनाव जितेर गएपछि जनताको बीचमा गरेका प्रतिबद्धता पुरा नगर्ने पार्टी कांगे्रस भएको आरोप पनि लगाए । नेता बस्नेतले माधव नेपाल र पुष्पकमल दाहाल कम्युनिष्ट नभएको जिकिर गर्दै उनीहरु कम्युनिष्टको आवरणमा जनतालाई शोषण गर्ने शक्तिको मतियार भएको समेत बताए ।

प्रतिक्रिया

खबर सबै