एकीकृत समाजवादीले आज मन्त्रीको टुंगो लगाउने

काठमाण्डौँ

एकीकृत समाजवादी पार्टीले मन्त्रीहरूकाे नामावली आज टुंग्याउने भएकाे छ ।  नामावली टुंग्याउन ११ बजे स्थायी कमिटी बैठक बाेलाएकाे छ ।

नेतृ दिलु पन्तले बैठकले मन्त्री हुनेहरूकाे नामावली टुंग्याउने फरकधारलाई जानकारी दिइन् ।

नेकपा (एस) ले सहरी विकास, श्रम तथा राेजगार, संस्कृति तथा पर्यटन र कानुन, न्याय तथा संसदीय मन्त्रालय पाएकाे छ ।

मन्त्रीहरूका लागि जीवनराम श्रेष्ठ, विराेध खतिवडा, मेटमणि चाैधरी, रामकुमारी झाँक्री, प्रेमकुमार आले, किसान श्रेष्ठलगायतकाे दाबेदारी छ ।

तर, मन्त्रालय संख्या कम भएकाे भन्दै नेकपा (एस) ले असन्तुष्टि जनाएकाे छ । संख्याबारे पुनर्विचार गर्न पनि उसकाे माग छ।

प्रतिक्रिया

खबर सबै