बिहानी सामाजिक उद्यमी महिला सहकारीको सार्वजनिक सुनुवाई

रामबहादुर गन्धर्व, कपिलवस्तु ।
भोकालाई एक छाक भोजन होईन जिउने जुक्ति सिकाऔ भन्ने मुल नाराका साथ बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बाणणगंङ्गा ५,कोपवा कपिलवस्तु स्थित बिहानी सामाजिक महिला उद्यमी सहकारीको आयोजनामा एलएलएकआईपी बुटवलको उत्पादन मुलक गठबन्धनमा आधारित पुरक अनुदान साझेदारी कार्यक्रम अन्र्तगत दुग्ध जन्य पदार्थ बिविधिकरण तथा बजारीकरण उप आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार संस्थाको सभा हल कोपवामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरूले संस्थाको कार्यप्रति प्रशंसा गर्दै संस्थाको उन्नति प्रगतिको कामना सहित सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । संस्थाकि ब्यस्थापक मिना आलेले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय स्तरमा छरिएर रहेका महिलाहरूलाई एउटै छानामुनि गोलबन्ध गरई विभिन्न सिपमुलक, आयमुलक तालिमको माध्यमबाट महिला श–शक्तिकरण गर्दै आर्थिक, सामाजिक ÷सांस्कृतिक पक्षलाई शशक्त बनाउने उद्वेश्यले हेफर इन्टरनेशनल नेपाल र मेस्डो नेपालको सहयोगमा स्थापित भएको बताउनुभयो । २ सय जना शेयर सदस्य बाट शुरू भएको संस्था बाणगंङ्गा नगरपालिका ५, कोपवामा सञ्चालित रहेको छ । सो सहकारीमा ७३ वटा समुहका १ हजार ३ सय ३१ जना सदस्य रहेको व्यवस्थापक आलेले जानकारी पनि दिनुभयो । त्यस्तै संस्थाले स्थापनाकालदेखि नै बचत तथा ऋण ,खसी बोका जिउदो तौल प्रणालीबाट खरिद बिक्री गर्नुका साथै २०७३ पौष १६ गते देखी दुध डेरी सञ्चालन गर्दै दूध संकलन तथा दुग्ध जन्य पदार्थको बिबिधिकरण, दाना बिक्री , पशु बिमा, घाँस बिक्री जस्ता अति महत्त्वपूर्ण कार्यहरू गर्दै आएको बताएको छ ।
सोही अवसरमा संस्थाले उक्त कार्यक्रमबाट लाभान्वित हुने परिवार संख्यामा १५ हजार महिला, ९ हजार पुरूष रहने , कुल लागत ५७ लाख १ ५हजार ÷लाभग्राही संस्थाको ३ लाख ५७ हजार ५ सय रहने पनि जनाएको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उप प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि तारावती चौधरीले स्थानीय सामाजिक संस्थाहरू समाजको गहना भएको बताउदै ,संस्था कै कारण स्थानीय महिलाहरू आत्मर्निभर बन्न सफल भएको कुरा आत्मसाथ गर्दै संस्थालाई पुर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् ।
कार्यक्रम संस्थाकी अध्यक्ष तुलसी थापाको अध्यक्षता हेफर इन्टरनेशनलका कार्यक्रम प्रबन्धक प्रेमकुमार स्याम्बो र वडा अध्यक्ष भिष्मराज भुसालको विशिष्ट आतिथ्यता सहित स्थानीय राजनीतिक दलका प्रतिनिधि ,विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारी ,सुरक्षाकर्मी लगाएतको सहभिता रहेको कार्यक्रम उपाध्यक्ष सगिता चौधरीको स्वागत मन्त्ब्य र रिता चौधरीको सञ्चालनमा समपन्न भएको छ ।

प्रतिक्रिया

खबर सबै