

रुपन्देहीमा दशैँ अगावै ६५ हजारले काेराेना विरुद्धको खाेप पाउने


बुटवल । रुपन्देहीमा १८ वर्षमाथिका ६५ हजार नागरिकलाई दशैंअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको असोज १८ को पत्रअनुसार जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको वैठकले असोज २२ र २३ गतेभित्रै सबै पालिकामा एकसाथ खोप लगाउने निर्णय गरेको हो ।
रुपन्देहीका लागि १३ हजार ८० थान भाइल खोप व्यवस्था भएको र १६ वटै स्थानीय तहलाई परिपत्र गरिएको स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । १६ स्थानीय तहका ९९ स्थानमा खोप केन्द्र तोकिएको उनले बताए ।
‘दशैं अगाडि ६५ हजार जनालाई भेरोसेल खोप लगाउने लक्ष्य छ,’ डा. गिरीले भने, ‘त्यसका लागि ६५ हजार ४०० सय थान सिरिञ्ज र खोप कार्ड आएको छ ।’ जिल्लामा १६ वर्षमाथिका ६८ हजार ८ सय जनालाई खोप लगाउनुपर्ने भएपनि बाँकीलाई दशैंपछि लगाइने छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया