देशमा माओवादि केन्द्र प्रथम पार्टी हुनेछ : नेता चुँदाली

कपिलवस्तु ।
माओवादि केन्द्रका बरिष्ट नेता कमल चुदाँलीले अव देशमा माओवादि केन्द्र प्रथम पाटि भएर जाने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पाटी (माओवादि केन्द्र ) कपिलवस्तु बाणगंगा नगरपालिका वडा न. ८ को प्रथम वडा सम्मेलनमा सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । केपि ओलिले अस्थिरता ल्याएर आफै सडकमा पछारीएको बताउदौँ उहाँले ओलि तन्त्र देशबाटनै हराउन लागेकाको जिकिर गर्नु भयो ।
जिल्ला ईन्र्चाज रामचन्द्र शाह विष्णुले ओलीले अङगालेको सृर्य डुवन लागेको बताउनु भयो । वडा न. ८ बाट वलिको पाटिमा लागेर केहि कम्रेडहरुले भुल गरेको बताउदै मुल घर माओवादि केन्द्रमा फर्किन आग्रह गर्नु भयो ।
सम्मेलनमा प्रदेश कमिटी सदस्य जनी बन्जाडे,प्रदेश एक क का सचिव सुवास सल्र्यानी,नगर इन्चार्ज देवराज अर्याल, जिल्ला सचिवालय सदस्य विष्णु बेल्बासे, नारण भुषाल, वाईसिएल जिल्ला अध्यक्ष शिव बञ्जाडे ,नेता हुमनाथ पौडेल, टेक ब. सुनार, नेतृ अम्बकिा पौडेल,विमला चौधरी,रेवता पोडेल मोहन अधिकारी, नेत्र पाण्डे लगायतले पाटीले गरेका कामको बारेमा बताउदै आ–आफ्ना भनाई राख्नु भएको थियो । प्रेम बिकको अध्यक्षतमा सम्पन्न सम्मेलनको संञ्चालन भागिरथ न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा करिब ४ सय नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।
(माओवादि केन्द्र ) कपिलवस्तुले देश भरमै पहिलो पटक बाणगंगा वडा न. ८ बाट वडा सम्मेलनको सुरुवात गरेको हो । नेकपा फुटेपछि सबै राजनितीक दललले आ–आफ्ना सम्मेलन र अधिवेशन लाई तिव्रता दिएका छन् । जसमा माओवादि केन्द्रले पनि यसलाई आफ्नै ढंगले अगाडि बढाएको छ । बाणगंगा वडा न. ८ बाट सुरु भएको सम्मेलनलाई (माओवादि केन्द्र ) कपिलवस्तुले निकै महत्वका साथ हेरोको छ ।
यसैविच नेपाल कम्युनिष्ट पाटी (माओवादि केन्द्र )वाणगंगा नगरपालिका वडा नम्बर ८ बाट नयाँ नेतृत्व चयन गरिएको छ । जसमा अध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष भागिरथ न्यौपाने, सचिव गणेश परियार, सह सचिव दिनाबबन्दु पौडेल, कोषाध्यक्ष लक्ष्मि केशि सहित २८सदस्य वडा कार्य समिति सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया

खबर सबै