कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले ७ रनको रोमान्चक जित हात पारेको हो। वर्षाले प्रभावित खेललाई ८ ओभरमा छोट्याइएको थियो। विराटनगरले निर्धारित ओभरमा एक सय ४ रन जोडेको थियो। काठमाडौँले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र जोड्न सक्यो।

विराटनगरको पालीमा अनिल शाहले १६ बलमा ५ छक्का र दुई चौकासहित ४५ रन जोडेका थिए। रेयान पठानले ११ बलमा ३ छक्का र २ चौकासहित ३० रन बनाए। करन केसीले पनि ११ बलमा १५ रन बनाए।

काठमाडौँका रहमानुल्लाह गुर्बाजले २८, सुबास खकुरेलले २६ र राजु रिजालले २४ रन बनाए। पाँच खेल खेल्नेक्रममा केवल २ अंक जोडेको विराटनगर तालिकाको सातौँ तथा अन्तिम स्थानमा छ। काठमाडौँ किङ्स इलेभेनन तीन खेलबाट २ अंक जोडेर छैटौँमा छ।

चितवन टाइगर्स ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। चार खेलबाट ५ अंक भएको पोखरा राइनोज दोस्रो स्थानमा छ। भैरहवा ग्लाडियटर्सको ३ खेलबाट ४ अंक छ। ललितपुर प्याट्रियट्सको ४ खेलबाट ३ अंक छ।

प्रतियोगिताअन्तर्गत आइतबार हुने दोस्रो खेलमा ललितपुर र चितवन भिड्नेछन्।