

एमालेले ताेक्याे मातहतका कमिटीमा सदस्यकाे मापदण्ड



काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड तोकेको छ । पार्टी कमिटीहरु ठूला र भद्दा भएकाले संगठन व्यवस्थापनमा समस्या हुने भएकाले विधान महाधिवेशनबाट सदस्यको मापदण्ड तोकिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।
पौडेलले विधान महाधिवेशनको अन्तिम दिन परिमार्जित प्रस्ताव पेश गर्दै सबै कमिटीको आधार संख्या ५० हुने बताए । ‘प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थपिन्छ’, पौडेलले जानकारी दिए । उदाहरणका लागि उनले कर्णाली प्रदेशमा आधार संख्या ५० हुने र १२ निर्वाचन क्षेत्रबाट पाँच–पाँच जनालाई थपेर ११० जनाको कमिटी बन्नेछ । जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिने छन् । यो हिसाबले एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अब एमालेको जिल्ला कमिटी ८० सदस्यीय हुनेछ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया