

नेपालकाे विजयी सुरुवात


काठमाडौँ । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत गएराति भएको खेलमा नेपालले विजय सुरुवात गरेको छ ।
पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले खेलको ८६ औं मिनेटमा गरेको गोल नेपालका लागि निर्णायक बन्यो ।
माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । जितसँगै नेपालले तीन अंक जोडेको छ ।
अब नेपालले सोमबार दोस्रो खेलमा श्रीलंकासँग, तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया