

कांग्रेस महाधिवेशन : कपिलवस्तुका कुन पालिकामा कसको जित ?



कपिलवस्तु ।
नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशन अन्र्तगत बुधबार भएको गाउँ तथा नगर अधिवेशनको नतिजा आउन थालेको छ । कपिलवस्तुका अधिकाशं पालिकामा सहमति हुन नसकेपछि नेपाली कांग्रेसले चुनावी प्रणालीबाट गाउँ तथा नगरको नयाँ नेतृत्व चयन गरेको हो ।
सम्पन्न निर्वाचनबाट कपिलवस्तुको बाणगंगा नगरपालिकामा नगर सभापतिमा विष्णु थापा निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा थापा सभापतिमा निर्वाचितका उमेद्धार हुनुहुन्थ्यो । बाणगंगामा थापाले ले प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठ र रविराज आचार्यलाई पराजित गर्दै नगर सभापति हुनुभएको हो उहाँ नेपाली कांग्रेस बाणगंगाको पुर्व उप सभापति समेत हुनुन्छ ।
यस्तै कृष्णनगर नगर समितिको सभापतिमा देवानन्द शुक्ला विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी अजय उपाध्यायलाई पराजित गर्नुभएको छ । विजयी शुक्लाले ८५ मत पाउनुभएको छ भने पराजित उपाध्यायको ७५ मत छ ।
यस्तै कपिलवस्तु नगर सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा तीन प्रतिस्पर्धी उम्मेद्वारलाई पछि पार्दै खाँ नगर सभापतिमा निर्वाचित हुनुभएको हो । खाँ ले ८२ मत पाउनुभयो भने, उहाँका प्रतिस्पर्धी प्रशान्त कार्कीले ५७, गोपी कृष्ण शर्माले ६४ र माया ज्ञवालीले ७ मत ल्याउनुभएको छ । कांग्रेस बिजयनगर गाउँ सभापतिमा जानकी प्रसाद यादव बिजयी भएका छन् । बुधवार भएको चुनावमा पतिस्पर्धी राजेश उपाध्यायलाई एक मतअन्तरले उछुन्दै सभापति बनेका हुन् । पालिकामा १०९ मतदाता रहेकामा १०६ मत खसेको थियो जसमा यादवले ५३ मत प्राप्त गरेका छन् भने उपाध्यायले ५२ मत प्राप्त गरेका छन् । एक मत भने बदर भएको निर्वाचन अधिकृत बलदेव लामिछानेले बताए ।
यस्तै कपिलवस्तुको नेपाली कांग्रेसको १४ औं अधिवेशन बाट महाराजगन्ज नगरपालिकाको नगर सभाको अधिवेशनमा नगर सभापतिमा पुन राम अचल कुर्मी निर्विरोध चयन हुनु भएको छ । असोज १३ गते बिहान ८ बजे सम्म समय मतदाता नामावली मा दावी विरोध समय सिमा तय गरेकोमा उक्त समयमा भित्र कसैको दावी विरोध नआएपछि कुर्मी पुनः महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसको सभापतिमा दोहोरीने मौका पाउनुभएको हो ।
यस्तै जिल्लाको शिवराज नगरपालिकामा नेपाली कांग्रेसका मतदाताहरुले सभापतिका लागि मधु पोख्रेलाई निर्वाचित गरेका छन् । उहाँले आफ्ना प्रतिस्पर्धी राजु खराललाई ३१ मतले पछि पार्दै नगर सभापति जित्नुभएको हो । पोख्रेल शिवराज नगरका पूर्व पार्टी सभापति समेत हुनुहुन्छ । कांग्रेस शिवराजको सभापतिमा मधु पोख्रेलले ११८ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी राजु खरालले ८७ मत प्राप्त गर्नु भएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत जिल्लाका ९६ वडाको अधिवेशन सकिएपछि बुधबार गाउँ तथा नगर अधिवेशन भएको हो । केही पालिकामा सहमतिबाट नेतृत्व चयन गरीएपनि केही पालिकामा निर्वाचन भएको थियो । वडा अधिवेशनबाट निर्वाचित कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले नगर तथा गाउँको नयाँ नेतृत्व चयन गरेका हुन । पार्टीको कृयाशिल विवरण केन्द्रबाट आउन ढिलाई भएपछि कपिलवस्तु कांग्रेसको अधिवेशनमा केही ढिलाई भएको छ । अब वडा र गाउँ तथा नगरको अधिवेशन सकिएको नेपाली कांग्रेसले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया