

ईपीएल क्रिकेट : आज दुई खेल हुँदै



काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेलहरु हुँदैछन्।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। ललितपुर र पोखराबीचको खेल बिहानसाढे बजे सुरु हुनेछ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स-११ सँग पराजित भएको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि पहिलो जितको खोजीमा रहेको छ। पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो। वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो।
यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र विराटनगरबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।
शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ। वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया