

दुधको मुल्य बृद्धि गर्दा समन्वय नभएको भन्दै अर्घाखाँचीमा नयाँ मुल्य नमान्ने घाेषणा


अर्घाखाँची ।
दुधको मुल्य बृद्धि गर्दा समन्वय नभएको भन्दै अर्घाखाँचीका ५ वटा दुध व्यवसायिले बढेको मुल्य नमान्ने घोषणा गरेका छन् । यसरि बढेको मुल्य स्विकार नगर्नेहरुमा अर्घाखाँची दुग्ध उत्पादन,तथा बिक्रि बितरण सहकारि सन्धिखर्क,अर्घाखाँची डेरि उद्योग सन्धिखर्क,शितगंगा दुग्ध उत्पादन तथा बिक्री बितरण सहकारि ठाडा,पाणिनी दुग्ध सहकारि पाणिनी–३ र देउराली छर्पि उद्योग पाणिनी–४ रहेका छन् ।
जिल्लाका हजारौं कृषकहरु आवद्ध भएका संस्थालाई थाहै नदिइ केही व्यक्तिहरुले आफुखुशी गरेको मुल्यबृद्धि कार्यान्वयन गर्न नसक्ने उनिहरुले बताएका हुन् । यहि असौज ५ गते अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समुहले वृद्धि गरेको मुल्यमा कुनै वैज्ञानिक मापदण्ड नरहेको र औचित्य नभएकोले बढेको मुल्य मान्य नहुने उनिहरुको भनाई छ ।
विज्ञप्तीमा भनिएको छ, यो अवस्थामा दुधको मुल्य बृद्धि हैन गुणस्तर परिक्षण गर्ने,किसानको उत्पादनले बजार पाउने स्थिति निर्माण गर्नु अहिलेको आवस्यकता छ । अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समुहले प्रति लिटर १० रुपैंयाका दरले दुधको मुल्य बढेको घोषणा गरेपछि अर्घाखाँचीका दुध व्यवसायीहरुको बिचमा फाटो परेको देखिएको छ ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया