

पोखरा र काठमाडौंबीचको खेल स्थगित


काठमाडौं
एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत काठमाडौं किंग्स–११ र पोखरा राइनोजबीचको खेल स्थागित भएको छ । मंगलबारका लागि तय पोखरा र काठमाडौंबीचको खेल मैदान खराब भएका कारण स्थगित भएको हो ।
यसअघि, सोमबार पनि ईपीएलका दुई खेलहरु स्थगित भएका थिए । पहिलो खेलमा काठमाडौं र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने तालिका थियो । त्यस्तै, दोस्रो खेल चितवन राइनोज र भैरहवा ग्लाडियटर्सबीच हुने तालिका थियो ।
आयोजकले रोकिएका खेलहरूका लागि नयाँ मिति तय गर्ने जनाएको छ । अफिसियलबीचको मिटिङपछि खेल कहिले हुने भन्ने निर्णय गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं र पोखराबीचको खेल आज दिउँसो १२ः१५ बाट सुरु हुने तय थियो । प्रतियोगितामा एक खेल खेलेको काठमाडौं २ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । १ अंक जोडको पोखरा चौथो स्थानमा छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया