

आफैँले पटक–पटक विघटन गरेकाे संसदमा आउन एमालेलाई लाज हुनुपर्ने हाे : डा. भट्टराई



काठमाण्डाै
सत्ता साझेदार जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिनुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले संसद्लाई दुई/दुई पटक विघटन गर्ने एमालेलाई संसदमा आउनसमेत लाज हुनुपर्ने टिप्पणीसमेत गर्नुभयो ।
सोमवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उहाँले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरूले संसदमा अवराेध गरेर बस्ने नभइ राजीनामा गरेर नागरिककाे बीचमा जानुपर्ने प्रतिक्रिया दिनुभयो । अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनाैँ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु लाजकाे विषय भएको पनि दोहोर्याउनुभयाे ।
उहाँले भन्नुभयो, ‘जसले संसद्लाई दुई/दुई चोटि विघटन गर्छ । ती मान्छेहरूले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौँ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसद्लाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो । मैले पार्टी छोडिसकेपछि दोस्रो संविधान सभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिँए । उहाँहरूमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’
भट्टराईले एमाले आफैँले विघटन गरेको संसदमा अवरोध सिर्जना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताउनुभयो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया