

कपिलवस्तुको बिजयनगरमा राजमोमा प्रवेश गर्ने लर्को



रिसव आचार्य, कपिलवस्तु । कपिलवस्तु जिल्लाको पश्चिम विजयनगर गाउँपालिका मा राष्ट्रिय जनमोर्चा को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। विजय नगर गाउँ पालिका वडा न ७ झुलानिया विद्यालय मा सम्पन्न पार्टी प्रवेश कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य को प्रमुख आतिथ्यता मा र राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका अधक्षय, गोपाल सुनार को अध्यक्षता मा सम्पन्न भएको थियो। २०५६ सालमा एमाले बाट वडा सदस्य मा निर्वाचित, २०७३ सालमा लोकतान्त्रिक फोरम बाट वडा सदस्यमा, ६ मत ले पराजित हुनु भएका समाज सेवी, शिव रात्रि पठान, सहित ३५ जना, र नेपाली कांग्रेस विजय नगर गाउँ पालिका ७ , दत्त पुर गाउँ समिति सदस्य कल्लू अहिर र श्याम सुन्दर यादव, सहित १५ जना राष्ट्रिय जनमोर्चा मा प्रवेश गरेका छन् । उहाँ हरुलाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य ले अबिर लगाएर स्वागत गर्नु भएको थियो, भने राष्ट्रिय जनमोर्चा सल्लाकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का केन्दीय सदस्य केर सिंह अदै ले सदस्यता प्रदान गर्नु भएको थियो । साथै दधिराम आचार्य र केर सिंह अदैले देशको तत्कालीन राजनीतिक परिस्थिति र नेकपा मसाल राष्ट्रिय जनमोर्चाकाे नीति सिद्धान्त को बारेमा प्रकाश पार्नु भएको थियो।नव प्रवेशिका हरुलाई, अखिल नेपाल यातायात मजदुर संघ कपिलवस्तु का जिल्ला अध्यक्ष नागराज योगी, राष्ट्रिय जनमोर्चा विजय नगर ५ का अध्यक्ष खडेरु पा सी, वडा नं ६ का अध्यक्ष पटेश्वरी यादव, वडानं ७ का अध्यक्ष राम समरे धोबी ले बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा विजयनगरका सचिव गोविन्द परियारले गर्नु भएको थियो।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया