

अखिल छैठौं कपिलवस्तुको १८ औँ जिल्ला सम्मेलन सम्पन्न



कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं कपिलवस्तु को १८ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल छैठौं का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुुवरले एमसिसि बिरुद्ध सबै बिद्यार्थी हरु एकजुट भएर सडक मा उत्रने बेला आएको बनाउनु भएको थियो शैक्षिक निजीकरण ,ब्यापारीकरणका बिरुद्ध बिद्यार्थीहरुले आवाज बुलन्द गर्नु पर्ने आवश्यकता रहेको उहाले बताउनु भयो । उहाँले अब देशमा जरो गाडेर बसे रुढीबादी प्रथा , अन्धविश्वास जस्ता कुप्रथाको अन्त्य अब बिद्यार्थी हरु बाट नै सम्भव रहेको उहाले बताउनु भयो कार्यक्रममा बिशिस्ट अतिथि अखिल छैठौं लुम्बिनी प्रदेश अध्यक्ष सुरेश आचार्य ,अतिथि राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य ,नेकपा मसाल जिल्ला प्रबक्ता छबिलाल गैरे , अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य केरसिंह अदै लगायत ले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।मन्तव्य राख्ने बत्ताहरुले अब सम्पूर्ण बिद्यार्थी हरु अखिल छैठौं मा आबद्ध भएर बिद्यार्थीहरुको हक अधिकार प्राप्तिका निम्ति लड्नु पर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।
सम्मेलन ले संजिला बुढा मगरको अध्यक्षतामा ९ पुर्ण र २ बैकल्पिक गरि ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ जसको उपाध्यक्ष मा उषा केवट,सचिवमा टिना अदै ,सह सचिवमा बिनोद चौधरी ,कोषाध्यक्षमा मिलन उपाध्याय ,सदस्यहरुमा अस्मिता आचार्य ,भारती भण्डारी ,माधवि खड्का बैकल्पिक सदस्यमा नवीन बुढा ,सुस्मिता बि क चयन हुनुभएको छ त्यसतै सम्मेलनले ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरको छ जसमा रिसव आचार्य ,निशान रजालि र किरण खत्री रहनु भएको छ ।
सम्मेलनले राजनीतिक तथा सांगठनिक प्रतिबेदन र आर्थिक प्रतिवेदन पास गरेको छ ।
कार्यक्रममा जिल्ला अध्यक्ष रिसव आचार्यको अध्यक्षता ,टिना अदैको सन्चालन र सन्जिला बुढा मगरले स्वागत मन्तब्य राख्नुभएको थियो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया