अर्घाखाँचीमा सापु रोगका बिरामी बढ्दो, ९ महिने बालकमा पनी संक्रमण

अर्घाखाँची

अर्घाखाँचीमा सापु रोगका बिरामी देखिन थालेका छन् । सेतो पुतलीलाई कारकको रुपमा मानिने सापु रोगका बिरामी देखिन थालेका जिल्ला आँखा अस्पताल सन्धिखर्कले जनाएको छ ।मालारानी गाउँपालिकाका एक ९ महिने बालक सहित ८ जनामा सापु रोगको लक्षण देखिएको हो ।

आँखा उपचार केन्द्र अर्घाखाँचीबाट हालसम्म छ जना बिरामीलाई भैरहवामा रिफर गरिएको छ । जिल्लाको मालारानी गाउँपालिकाका एक जना ९ महिने बालक सहित तिन जना र गुल्मीको मदाने गाउँपालिकाका तिन जना गरेर ६ जनालाई रणअम्बिका आँखा अस्पताल भैरहवा रिफर गरिसकिएको आँखा अस्पतालका प्रमुख डा. सागर घिमिरेले जानकारी दिए । रोगको असर बढी देखिएकाले शल्यक्रिया गर्नुपर्ने ६ जना बिरामीलाई प्राथमिक उपचार गरेर रिफर गरिएको उनले बताए । सम्पर्कमा आएका थप दुई जना बिरामीलाई भने यहीं उपचार गरिएको छ ।

अर्घाखाँचीको मालारानीका एक जना र गुल्मीको मदाने गाउँपालिकाका एक जनाको जिल्ला आँखा अस्पताल, सन्धिखर्कमै उपचार गरिएको छ ।

‘अप्रेशन गर्नुपर्ने जटिल बिरामीलाई भैरहवा रिफर गरिएको छ,उनले भने,‘रोग लाग्नासाथ आए यँही उपचार हुन्छ ।’ अहिले दैनिक तीन–चार जनाको सङ्ख्यामा सापु रोगसंग मिल्दोजुल्दो लक्षणका बिरामी आउने गरेको डा.घिमिरेले जानकारी दिए । ढिला भए आँखाको ज्योति नै गुम्न सक्ने भएकाले सापुको संका लाग्ने बित्तिकै तत्काल अस्पतालमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

खबर सबै