

आईपीएल क्रिकेट : राजस्थानको रोमाञ्चक जित, पन्जाब दुई रनले पराजित





काठमाण्डाै
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पन्जाब किङ्सलाई राजस्थान रोयलले दुई रनले हराएको छ । दुबईमा गए राति भएको खेलमा राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रन मात्रै बनाउन सक्यो ।
अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, कार्तिक त्यागीले १ रन खर्चेर २ विकेट लिएपछि राजस्थानले रोमाञ्चक जित निकालेको हो । पन्जाबका मयांक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले । केएल राहुलले ४९ रन जोडे । राजस्थानका कार्तिकले २, चेतन साकरिया र राहुल टेवाटियाले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । राजस्थानका याशभी जैसवालले ४९ र महिपाल लोम्रोरले ४३ रन जोडे । पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए । मोहमद शामीले ३ विकेट लिए । जितपछि ८ खेलमा ८ अंक जोडेको राजस्थान पाँचौं स्थानमा छ । ९ खेलमा ६ अंक जोडेको पन्जाब सातौं स्थानमा छ ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया