

घुस लिने प्रहरीसहित २ जना पक्राउ



भैरहवा । नेपाल प्रवेश गराउने भन्दै नेपाल भारतसीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा २ जनालाई प्रहरीले पक्रेको छ।
पशुपतिनाथ दर्शनका लागि भारतबाट आएका पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहिया स्थित गुजरात ट्राभलको कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत हवलदारलाई नियन्त्रणमा लिएको हो।
गुजरात ट्राभल्स मार्फत आईतबार भारतबाट काठमाडौंमा पशुपतिनाथ मन्दिर जान नेपाल आएका ८ जना पर्यटकको समूहलाई सीमा बन्द भएकोले ट्राभल्सका कर्मचारी सन्तोष देवले प्रहरीलाई घुस दिनु पर्छ भन्दै प्रति व्यक्ति ५ सय भारु माग गरेका थिए। त्यसपछि पर्यटकहरुले ४ हजार भारु बुझाएर नेपाल प्रवेश गरेका थिए।
घटनाबारे उजुरी परेपछि रुपन्देही प्रहरीले सोमबार अबेर राती गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता र ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्की चन्द्र लोहारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको ईलाका प्रहरी कार्यालय बेलहियामा प्रमुख प्रहरी निरिक्षक नविन पौडेलले बताए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले घुस लिएको खबर आउना साथ गुप्ता र लोहार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए।
कोभिड महामारीका कारण बन्द रहेको सीमाबाट प्रहरी र ट्राभल एजेन्टको मिलेमतोमा भारतीय पर्यटक र सर्वसाधारण नेपाल भित्रिरहेका छन्।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया