

कांग्रेस महाधिवेशन : ७ जिल्लामा आज हुँदै, १३ जिल्लाको अझै अन्यौल



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ ।
सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
निर्वाचन समितिले यसअघि २० जिल्लाको वडा अधिवेशन एकैपटक आज गर्नेगरी कार्यतालिका ल्याएको भएपनि क्रियाशील सदस्यता विवादका कारण आज १३ जिल्लामा वडा अधिवेशन सुरु हुन नसकेको हो ।
भदौ १८ गतेदेखि आरम्भ भएको स्थानीय अधिवेशनको कार्यतालिका अनुसार ५७ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेका छन् । प्रदेश नम्बर २ का आठ जिल्लाका साथै सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा वडा अधिवेशन सुरु हुन सकेका छैनन् ।
ती जिल्लामा क्रियाशील बारे सहमति भइसकेपनि सूचीले पूर्णता पाइनसकेको बताइएको छ । क्रियाशील सदस्यताको सूची प्राप्त हुनासाथ बाँकी १३ जिल्लामा पनि तत्काल अधिवेशन गरिने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको वडा अधिवेशनले वडा कार्यसमितिसंगै क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । तीनै क्षेत्रीय प्रतिनिधिले कांग्रेसको स्थानीय तह, क्षेत्र, र जिल्ला कार्यसमिति चयन गर्नेछ । त्यस्तै क्षेत्रीय प्रतिनिधिरुह मध्येबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुले नै कांग्रेसको महाधिवेशनमा भाग लिनेछन् ।
महाधिवेशन कार्यतालिका अन्तर्गत असोज ९ गते गाउँरनगर अधिवेशन हुँदैछ । कांग्रेसमा संस्थापन इतर समूहले सबै जिल्लाको वडा अधिवेशन सकेर मात्रै एकैदिन गाउँरनगर अधिवेशन गर्न माग गरिरहेको छ ।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया