नेपाल नियमित रक्तदान सघं कपिलवस्तुको रक्तदान कार्यक्रममा संकलन भयो १०० बढी पोइन्ट रगत

कपिलवस्तु

नेपाल नियमित रक्तदान सघंले संविधान दिवसको अवसरमा कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित वडा नम्बर ८ बोडगाउँमा आयोजित रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय निकै लोकप्रिय कार्यक्रमका रुपमा रहदैँ आएको रक्तदान कार्यक्रममा आफुहरुले सोचे भन्दा बढी रगत संकलन भएको आयोजकले बताएको छ ।

कार्यक्रम वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसालको प्रमुख आथितियता रहेको कार्यक्रममा रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव लाल प्रसाद पङेनी, नेपाल नियमित रक्तदान सघं केन्द्रय उपाध्यक्ष लेकनाथ भण्डारीको विशिष्ट आथितियता रहेको थियो ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्रले प्रदान समेत गरिएको थियो ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ८, मानव अधिकार तथा शान्ती समाज कपिलवस्तु, कपिलवस्तु जेसीज, लायन्स क्लव अफ वाणगंगा, दिगो फार्मेसी, रोट्रयाक क्लव अफ कपिलवस्तु मिडटाउन, सुर्योदय युवा क्लव, सिद्धिपुर युथ सोसाइटी, वि.पि स्टडी युथ सर्कल कपिलवस्तु, नव प्रभाव क्लव ठाकुरापुर, मोतिपुर युवा क्लव, मालिका युथ क्लवबको सह–आयोजकका रुपमा रहेका थिए भने सह–आयोजक संस्थाहरुको प्रतिनिधिहरुको आथितियता कार्यक्रममा रहेको थियो ।

बोडगाउँ चोक स्थित दिगो फार्मेसीमा आयोजना गरिएको कार्यक्रममा रेडक्रस सोसाईटी बुटवलको प्रविधिक सहयोग रहेको थियो ।
रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रममा सहभागि भएर सहयोग गर्ने सम्पुर्ण रक्तदाताहरुलाई आयोजकले आभार प्रकट गरेको छ । नेपाल नियमित रक्तदान सघं कपिलवस्तुका अध्यक्ष माधव घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा संघका कोषाध्यक्ष देवि लाल कडेलको स्वागत मन्तव्य तथा नव प्रभाव क्लव ठाकुरापुरका अध्यक्ष मिलन चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै