

अखिल (छैठौं ) रुपन्देहीको अध्यक्षमा बेल्बासे चयन



रिसव आचार्य बुटवल ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) रुपन्देहीको १९ औँ जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ। सम्मेलनले सागर बेलबासे अध्यक्ष रहेको ११ पूर्ण र ४ वैकल्पिक गरी १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कुलचन्द्र शर्मा, सचिवमा मिलन परियार, सहसचिवमा टेकराज भुसाल, कोषाध्यक्षमा विमल खरेल चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः अफ्ताफ आलम, दिपा विक, सागर जंग क्षेत्री, क्षितिज क्षेत्री, त्रिसना श्रीनेत र शितल केसी रहनुभएको छ।
त्यस्तै वैकल्पिक सदस्यहरुमा क्रमशः लक्ष्मण बन्जाडे, कल्पना क्षेत्री, सचिन परियार र अभिनाष खड्का रहनुभएको छ। सम्मेलनले सरोजमान सिंह, अशोक शर्मा, सन्तोष केसीलाई सल्लाहकार समितिमा चयन गरेको छ ।
‘शैक्षिक निजीकरण, उदारीकरण, संघीयता र एमसीसी विरुद्ध हाम्रो आन्दोलन वैज्ञानिक र जनवादी शिक्षाका लागि १९ औं जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्नुभएको थियो ।
कार्यक्रममा अखिल छैठौका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुंवरको विशिष्ट आतिथ्यता रहेको थियो ।कार्यक्रम लाई राजमो जिल्ला अध्यक्ष बद्रे आलम ,सचिव टान ब के.सि . ,अखिल नेपाल किसान महासंघ का केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर के सि ,रा ज मो नेता गणेश गौतम लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि के सि ले अब बिद्यार्थीहरु वर्तमान सरकारले गरेको गलत कदमका बिरुद्ध आँधीबेहरि सृजना गर्ने बताउनु भएको थियो ।त्यस्तै केसिले अब देश बचाउने र बनाउने युवा, बिद्यार्थी हरुको जिम्मेवारी काधमा आएको बताउनु भयो ।
कार्यक्रम जिल्ला अध्यक्ष सरोजमान सिंह को अध्यक्षता र मिलन परियार को स्वागत मन्तब्य बाट अघि बढेको कार्यक्रमको सन्चालन जिल्ला सचिव सागर बेलबासेले गर्नु भएको थियो ।
अखिल छैठौ को आउदो असोज २२,२३ र २४ गते बुटवलमा सम्पन्न हुन गइरहेको २२ औं राष्ट्रिय सम्मेलनको पुर्व सन्ध्यामा देश व्यापि रुपमा जिल्ला सम्मेलन र भेला हरु भइरहेका छन्।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया