

महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै


काठमाण्डाै
एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा सुरु हुनेछ ।
हिजो भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले आफूले नयाँ र चुस्त टिम तयार पारेकाले राम्रो नतिजा आउनेमा ढुक्क रहेको बताएका छन् । छनोट अन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।
समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ । छनोट अघि नेपालले काठमाण्डौमा बङ्गलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेलेकोमा एकमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया