भालुवाङमा प्रदेश सरकारको सम्पर्क कार्यालय खोलिने

कपिलवस्तु ।
लुम्बिनी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशको स्थायी राजधानी तोकिएको स्थान दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको हो । त्यसका लागि आवश्यक पूर्वाधार तयारीका गर्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताउनुभयो ।
यस्तै सम्पन्न मन्त्रीपरिषद बैठकले पदक सिफारिश समितिले गरेको सिफारिशअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने पनि निर्णय गरेको छ । असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरेको हो ।
यी पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ।
बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताउनुभयो ।
यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेश बहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ । यसैगरि बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ ।

प्रदेश सरकारले झिमरुक गाउँपालिकाको गाउसभाबाट प्राप्त प्रस्ताव अनुसार गाउपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छी कायम गर्न, त्रिवेणी गाउँपालिकाको वडाहरुलाई थपघटरसमायोजन गर्ने, रोल्पा नगरपालिकाको वडाहरुलाई थपघटरसमायोजन गर्न संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

यसैगरि बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने निर्णय गरेको छ।

प्रतिक्रिया

खबर सबै