

बिजया दशमीमा बानियाभारमा फुटबल प्रतियोगिता, बिजेतालाई ५१ हजार


कपिलवस्तु
कपिलवस्तु गोल्डेन स्टार युवा क्लबले बानियाभारले बिजया दशमीको अवसरमा नक आउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पुर्व पश्चिम राजमार्ग देखि २ किलो मिटर भित्र शिवराज नगरपालिका वडा नं ९ अन्तर्गत
पर्ने बानियाभारले बिगत ११ बर्ष अगाडी देखि बिजया दशमीमा यस आयोजनालाई निरन्तरता दिदै आएको हो । कोभिडका कारण २ बर्ष स्थगित भएको यो आयोजना कोभिड १९ कम भए संगै यस बर्ष आयोजनालाई निरन्तरता दिने आयोजकले निर्णय गरेको छ ।
खेलकुदको आयोजनाबाट ऐतिहासिक तथा धार्मिक क्षेत्र शिवगढीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गराउन आयोजना मार्फत खेल क्षेत्रमा सरोकारबालाहरुको बिशेष गरी आधिकारीक निकाय एन्फा समेतको चासो र जिम्मेबारी बड्न गई स्थानीय क्षेत्रको खेलकुदमा संस्थागत खेलाडीहरुमा पेशागत तथा व्यक्तिगत बिकास गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको क्लबले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेताले नगद रु ५१ हजार कप मेडल र प्रमाणपत्र उपबिजेताले नगद रु २५ हजार मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
सेमिफाईनल प्रवेश दुवै टिमलाई नगद ५ हजार ५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।
महिलातर्फ बिजेताले १५ हजार नगद कप मेडल र प्रमाण पत्र दोस्रोले नगद ६हजार कप मेडल र प्रमाण पत्र पाउने छ खेलमा सहभागीताको लागी असोज १० गते बेलुकी छ बजे सम्म दर्ता गर्न सकिने आयोजकले संस्थाका सल्लाहकार बिक्रम के सि ले जानकारी दिनु ।भयो


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया