

अमेरिकासँगकाे खेलमा नेपाल ब्याटिङ गर्दै, राष्ट्रिय टाेलीमा गुलशनकाे डेब्यु



काठमाण्डाै
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा अमेरिकासँगकाे खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ ।
ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । आजकाे खेलमा नेपालले बलर विक्रम साेबकाे ठाउँमा गुलशन झालाई राखेकाे छ । झाले राष्ट्रिय टिममा डेब्यु गर्न लागेका हुन् ।
मेयर्स कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेलेका गुलशनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यही प्रदर्शनका आधारमा राष्ट्रिय टाेलीकाे बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका
उनले आज डेब्यु गर्न लागेका हुन् ।
प्रतियाेगिताअन्तर्गत गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै मङ्गलवार ओमानसँग भएको खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो ।
अमेरिका र ओमानबीच हिजो भएको खेलमा अमेरिकालाई ओमानले चार विकेटले हराएको थियो ।
लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा छ भने नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ ।
सात टोली रहेको लिग–२ मा एक टोलीले नाै शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया