

अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक जित



आइसीसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत नेपाल र अमेरिकाबीच खेलिएको पहिलो अन्तर्राष्ट्रिय त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको छ ।
ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा गएराती सम्पन्न डे(नाइट खेलमा नेपालले अमेरिकामाथि जीत निकाल्दै सुखद सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३० रनको बलियो योगफल बनाएको थियो । अमेरिकाका लागि टप अर्डरका ब्याट्सम्यान मनांक पटेलले सर्वाधिक १ सय रनको पारी खेलेका थिए ।
नेपालका लागि भने स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीले किफायती बलिङ गर्दै २(२ विकेट लिन सफल भएका थिए । २३१ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ८५ रनको पारी खेल्दा रोहित पौडेलले अविजित ६२ रन बनाएका थिए । पाँच विकेटका लागि रोहित र विनोद भण्डारीले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जीत पक्का बनाएका हुन् । नेपालले अब दोस्रो खेल घरेलु टोली ओमानसँग आज खेल्दैछ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया