

नेकपा एकिकृत समाजवादीद्धारा पाल्पामा जिल्ला कमिटी गठन



रुपन्देही ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पाल्पामा खिमानन्द पाण्डे (कमल)को अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ ।
शनिबार पाल्पामा आयोजित भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरेको हो । पाल्पा कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन रहेका छन् ।
नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरहरुले नेपालका धेरै ठाउँमा समानान्तर जिल्ला कमिटी गठन गरेको भएपनि पाल्पामा भने समानान्तर कमिटी गठन भएको थिएन ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डे निर्वाचन चुनाव चिह्नले जित्ने नभइ जनताको मनले जित्न सकिने बताएका थिए ।
भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । अहिले अध्यक्ष बनेका खिमानन्द पाण्डे ९कमल० तत्कालीन एमालेका जिल्ला उपसचिव हुन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया