

पार्टीको प्रवक्ता आफू नरहेको योगेश भट्टराईको प्रष्टी



काठमाडौं ।
नेकपा एमाले नेता योगेश भट्टराईले आफु पार्टीको प्रवक्ता नरहेको बताएका छन् । ‘सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि हाम्रो लाईन पार्टीलाई २ जेठ २०७५ मा फर्काउनुपर्छ भन्ने थियो । त्यस समय हाम्रो पार्टीमा प्रवक्ता तोकिएकै थिएन । म प्रचार विभागको प्रमुख थिएँ’ भट्टराईले शनिबार पत्रकारहरुसँग भने,‘यही विभागमार्फत पार्टीका जानकारीहरु प्रवाह हुने गरेकाले धेरैलाई म प्रवक्ता हुँ भन्ने लागेको थियो ।’
उनले थपे, ‘सर्वोच्चको फैसलाबाट २३ फागुनमा माओवादी र एमाले ब्यूँतिएपछि हाम्रो पार्टीमा विवाद देखियो र त्यसपछि १० बुँदे सहमति भयो । यही अवधिमा २३ फागुनपछि प्रवक्ता पद सिर्जना भयो र प्रदीप ज्ञवाली प्रवक्ता हुनुहुन्छ, अब उहाँ प्रवक्ता हुने कि म हुने भन्ने कुरा बैठकले टुंग्याउँला । अहिले यो काम उहाँले नै गर्नुहुन्छ, प्रचार विभागको काम म गर्छु ।’ रातोपाटी ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया