कपिलवस्तुमा एमसीसीको विरोधमा उत्रीयो नेकपा

कपिलवस्तु ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरेको छ । नेकपाले साताव्यापी संघर्षको कार्यक्रम घोषणा गरेअनुसार कपिलवस्तुमा पनि विरोध प्रदर्शन गरिएको हो ।
बाणगंगाको भर्सडवा जाने चोकदेखि सुरु भएको विरोध हाडबजारसम्म पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर–पकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए । विरोध सभाका प्रमुख वक्ता कमल केसीले (एमसीसी) नेपालको हितमा नभएको बताउदैं तत्काल खारेज हुनुपर्ने माग गर्नुभएको थियो ।

यस्तै मानव अधिकारीवादी प्रतिनिधि उमेश पौडेलले सरकारका पछिल्ला कदम एमसीसीलाई सदनबाट पारित गर्ने देखिएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँका यसका लागी सबै देशप्रेमी नेपालीले दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।

विरोध सभामा बोल्दै नेकपाका बाणगंगा नगर सेक्रेटी शेरमान थारुले एमसीसीको विरोधमा सबैलाई उत्रिन आग्रह गर्नुभयो । उहाँले नेकपाले एमसीसी विरोधका कार्यक्रमलाई निरन्तरता दिने र यो सरकारका गतिविधि राष्ट्रघाती रहेको बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै