

बाणगंगामा विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन सुरु





कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यार्थीहरुको लागि एस्ट्रोजेनिका खोप लगाउन आज देखि सुरु गरीएको छ । १८ वर्ष उमेर पुगेका विद्यार्थीले नगरपालिकाका बिभिन्न ६ वटा केन्द्र अन्तरगत आफुलाई पायक पर्ने केन्द्रमा गएर खोप लगाउन सक्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
आज पहिलो दिन एउटा मात्र खोप केन्द्रबाट खोप लगाएको छ । नगर स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलका अनुसार आज नियमित खोप कार्यक्रमको दिन परेकाले बुङ्चि खोप केन्द्रबाट मात्र ३ सय जना विद्यार्थीलाई खोप प्रदान गरिएको छ । भोली देखि भने नगरका छ वटै खोप केन्द्रबाट खोप कार्यक्रम संचालन हुने पनि पौडेलले जानकारी दिनुभयो ।
खोप लगाउने कार्यक्रम विहान साढे १० बजेपछि साढे ४ बजेसम्म निर्धारण गरिएको छ । विद्यार्थीहरुका लागि प्रदान गरिने खोप कार्यक्रम बुधबार सम्म संचालन हुने छ ।
३ दिनमा नगरका १ हजार ९ सय ७७ विद्यार्थीलाई खोप लगाउने लक्ष्य नगरपालिकाको छ । यो अभियान अन्तरगत झण्डै दुई हजार विद्यार्थी खोप कार्यक्रममा सहभागी हुने अनुमान गरिएको छ ।
खोप लगाउन आउँदा विद्यार्थीले विद्यालयले प्रमाणित गरेको नामावली, उमेर खुल्ने प्रमाणसहित परीक्षा प्रवेश पत्र र एक जना अनिवार्य शिक्षक प्रतिनिधि लिएर आउनु पर्ने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया