

थप १ हजार ८९ जनामा कोरोना पुष्टि, १५ सय ३४ जना निको


काठमाण्डाै
आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८९ जनामा सङ्क्रमण पुष्टि हुँदा एक हजार पाँच सय ३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सात हजार नौ सय ७१ जनाको नमूना परीक्षण गर्दा एक हजार ८९ जनामा सङ्क्रमण पुष्टि भएको हाे । परीक्षण गरिएकामध्ये १३ दशमलव ६६ प्रतिशतमा संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा निको भएका सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख २७ हजार एक सय ८५ जना पुगेको छ । यस्तै थपिएका सहित कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ लाख ५४ हजार तीन सय २१ जना पुगेको छ ।
कोरोना भाइरसका कारण थप २० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १० हजार आठ सय ३८ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये पाँच सय २३ जनाको आईसीयू र एक सय ६२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया