

दुई महिनाभित्र ६० लाख डोज खोप ल्याइँदै



काठमाडौँ — कोभिड–१९ विरुद्धको थप ६० लाख डोज खोप आउने टुंगो लागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले खरिद गरेको ४४ डोज भेरोसेल खोप असोज २९ (अक्टोबर १५) भित्र ल्याइनेछ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नासाथ चीनले सहयोगको प्रतिबद्धता जनाएको १६ लाख डोज खोप पनि सेप्टेम्बर अन्तिमसम्म भित्र्याइने भएको छ ।
मन्त्रालयका अनुसार विभिन्न स्रोतबाट करिब १ करोड ३३ लाख डोज खोप आइसकेको छ । त्यसमध्ये करिब १७ लाख डोज मौज्दात रहेको मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले जानकारी दिए । मौज्दातमध्ये १५ लाखभन्दा बढी डोज सबै प्रदेशमा पठाइएको छ भने करिब डेढ लाख आकस्मिक अवस्थाका लागि केन्द्रमै राखिएको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अन्तर्राष्ट्रिय अभियान कोभाक्स सुविधाबाट समेत डिसेम्बरसम्म ६० लाख डोज खोप खरिद (कस्ट सेयरिङ) गरी ल्याउने तयारी थालिएको डा बिच्छाले जानकारी दिए । ‘कोभाक्सले कुन खोप दिन्छ भन्ने अझसम्म स्पष्ट भएको छैन,’ उनले भने, ‘तर हामीले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोपका लागि आग्रह गरेका छौं ।’
डा. बिच्छाका अनुसार कोभाक्समार्फत भेरोसेल, अक्सफोर्ड अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनमध्येबाट कुनै खोप आउने सम्भावना छ । नेपालमा एक तिहाइभन्दा बढी (३४.३५ प्रतिशत) ले खोप लगाएका छन् । १६.१० प्रतिशतले पूर्ण र १८.२५ प्रतिशतले पहिलो डोज लगाएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५ सय ९८ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार शनिबारसम्ममा एक डोज लगाउनेको संख्या १ करोड ३ लाख ७५ हजार ७ सय ६४ पुगेको छ । ‘साउन १२ गते कम्तीमा एक डोज लगाएका ४९ लाख २० हजार १० जना थिए, पछिल्लो ४० दिनमा ५४ लाख ५५ हजार ७ सय ५४ जना थपिएका छन्,’ डा. बिच्छाले भने, ‘पछिल्लो समय दिनमा सरदर डेढ लाखदेखि दुई लाख मात्रासम्म खोप लगाइरहेका छौं ।’
![]()
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार शुक्रबारसम्म काठमाडौंका ४० प्रतिशत नागरिकले पूर्ण खोप पाएका छन् भने ४८ प्रतिशतले पहिलो डोज लगाएका छन् । काठमाडौंका ११ पालिकामध्ये शंखरापुर र दक्षिणकाली नगरपालिकाका १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको खड्काले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले १८ वर्षमाथिका सबैलाई चैत मसान्तसम्म पूर्ण खोप लगाउने लक्ष्य लिएको छ । असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने भनिएकामा अभियान लक्ष्यअनुसार नै अघि बढेको डा. बिच्छाको दाबी छ । ‘एक डोजले समेत संक्रमणसम्बन्धी जटिलता, मृत्युदर आदिलाई धेरै घटाइरहेको देखिएको छ,’ उनले भने । मन्त्रालयले अघिल्लो साता सार्वजनिक गरेको कोभिड–१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरो प्रिभ्यालेन्स सर्वेक्षणको प्रारम्भिक नतिजामा खोपको प्रभावकारिता राम्रो देखिएको छ । एक डोज लगाएकामा ८० प्रतिशत र पूर्ण खोप लगाएका ९० प्रतिशतमा कोभिडविरुद्घको एन्टिबडी बनेको सर्वेक्षणले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले डिसेम्बरदेखि सन् २०२२ को मार्चसम्म बालबालिका/किशोरकिशोरीका लागि करिब एक करोड डोज खोप ल्याउने तयारी थालेको छ । डब्लूएचओले १२ देखि १८ वर्ष उमेर समूहका लागि मोडर्ना र फाइजर खोपलाई मात्र आकस्मिक अनुमति दिएको छ । सरकारले यिनै दुई कम्पनीका खोप ल्याउने तयारी थालेको हो । डा. बिच्छाले डिसेम्बरसम्म ६० लाख डोज फाइजरमध्ये ५० लाख आउने बताए । बाँकी १० लाख डोज भने २०२२ को जनवरीदेखि मार्चसम्ममा आउन सक्ने सम्भावना छ । त्यस्तै, २०२२ को जनवरीदेखि मार्चसम्म मोडर्नाको ४० लाख डोज खोप पनि आउने डा. बिच्छाले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया