

दाङ : सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई पक्राउ गर्न जिल्ला प्रशासनको निर्देशन

दाङ
दाङको सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरीलाई निर्देशन दिएको छ ।
पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रशासनले श्री एडभेन्चर जेबी जेभीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निर्माण व्यवसायी केसीलाई तत्काल पक्राउ गरी कार्यालयमा उपस्थित गराउन निर्देशन दिएको जानकारी दिनुभयो ।
गएको साउन २५ गते नै पुल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिए पनि अटेर गरेपछि ठेकेदार केसीलाई पक्राउ गर्न भनिएको हो । यसअघि पनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ठेकेदार केसीलाई पक्राउ गर्न निर्देशन दिए पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
गएराति सिस्ने खोलाले कार बगाउँदा चार जनाको ज्यान गए पछि ठेकेदारमाथि कारबाही गर्न दबाब परेको हो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया