

दाङ : सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई पक्राउ गर्न जिल्ला प्रशासनको निर्देशन



दाङ
दाङको सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरीलाई निर्देशन दिएको छ ।
पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रशासनले श्री एडभेन्चर जेबी जेभीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निर्माण व्यवसायी केसीलाई तत्काल पक्राउ गरी कार्यालयमा उपस्थित गराउन निर्देशन दिएको जानकारी दिनुभयो ।
गएको साउन २५ गते नै पुल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिए पनि अटेर गरेपछि ठेकेदार केसीलाई पक्राउ गर्न भनिएको हो । यसअघि पनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ठेकेदार केसीलाई पक्राउ गर्न निर्देशन दिए पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
गएराति सिस्ने खोलाले कार बगाउँदा चार जनाको ज्यान गए पछि ठेकेदारमाथि कारबाही गर्न दबाब परेको हो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया