

दाङ : खोलाले कार बगाउँदा चार जनाको ज्यान गयो

दाङ
दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चारै जनाको ज्यान गएको छ । यसअघि दुई जनाको शव भेटिएको थियो भने दुई जना हराइरहेका थिए ।
बाढीमा बेपत्ता भएका अर्का दुई जनाको पनि केहीबेर अघि शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको हो ।
भारतसँगको नाका रुपैडियाबाट किनमेल गरेर फर्कँदै गर्दा गएराति प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो । बाढीले कार बगाउँदा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका-१६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ कुँवर ज्यान गएको हो ।
यस्तै कारमा रहेका घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको पनि ज्यान गएको छ । कार चालकलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । चालक घोराही-१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको छ ।
पुनको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया