

वाग्मती प्रदेश : सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा



काठमाण्डाै
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ । नवगठित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका खनालले आज बिहान पदबाट राजीनामा दिनुभएको हो ।
उहाँले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र हुनुहुन्छ । मन्त्री खनालले हिजो वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभएको थियो ।
निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको ठाउँमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल पनि मन्त्री बन्नुभएको थियो । औपचारिक रुपमा नेकपा एमाले टुक्रिएपछि खनालले माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोज्नुभएको हो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया