

भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं : नेपालका प्रशिक्षक अल्मुताइरी


काठमाडौं
नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ ।
त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने नभएको बताए । उनले अघि भने, ‘तर हामीले दुवै खेल जित्नैपर्छ । फिफा र्याङ्किङका लागि जित्न जरुरी छ ।’
यो दुई खेल जित्न सक्ने हो भने नेपालको र्याङ्किङ ७/१० स्थान माथि जानसक्ने उनले बताए ।
नेपालविरुद्ध खेल्न भारतलाई जति कठिन छ, नेपाललाई पनि जित्न त्यही नै कठिन भएको उनले बताए । विगतको रेकर्ड पनि भारतको पक्षमा रहेको उल्लेख गर्दै प्रशिक्षक अल्मुताइरीले भने, ‘तर हामी पनि नयाँ गोर्खाली हौं, इतिहास र विपक्षी नहेरी रिजल्टका लागि खेल्छौं ।’
कप्तान किरण चेम्जोङले पनि भारतविरुद्ध खेल्न सहज नहुने बताए । तर दुई महिनादेखि आफूहरुले तयारी गरेको भन्दै उनले भने, ‘शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि हामी बलियो छौं ।’


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया