

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने



धनुषा
नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी हुने रातोपाटीलाई बताए । उनले भने, ‘बुधबार वा बिहीबारसम्ममा हाम्रो पार्टीमा सामेल हुने सांसदहरुको सनाखत कार्य सम्पन्न हुनेछ । त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागिताका विषयमा छलफल हुन्छ ।’
प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार छ । गठबन्धनका तर्फबाट प्रदेश सरकारमा हाल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेका छन् । केन्द्रमा बनेको गठबन्धनकै आधारमा प्रदेश १ मा पनि नेकपा एकीकृत समाजवादीलाई समेत सत्ता साझेदार बनाउन लागिएको हो ।
प्रदेश २ मा हाल ११ वटा मन्त्रालय कायम छन् । तीमध्ये जसपाका ४, काँग्रेसका ३ र माओवादीका एक मन्त्री छन् भने बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफूसँगै राखेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता महतोले भने आफ्ना पार्टीका सांसदको सनाखत कार्य सम्पन्न भएपछि मात्र मन्त्रालयका विषयमा छलफल हुने बताए ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया